दाङ । दाङ बबई गाउँपालिका वडा नं. ५ जलुकेकी ३० बर्षिया कौशिला नेपालीलाई मंसिर २३ गते सुत्केरी व्यथा लाग्यो । सुत्केरी हुन कौशिला, उनका श्रीमान यम वहादुर र अन्य आफन्ति सहित तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा गए । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले केश जटिलको कारण देखाउदै तुरुन्त नेपालगञ्ज लैजान सल्लाह दियो
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सहजै बच्चाको जन्म होला भन्ने आशाका साथ आएका यम वहादुरलाई नेपालगञ्ज लैजानु पर्छ भन्दा आकाशै खसे झै भयो । आर्थिक अवस्था कमजोर भएका यम वहादुरलाई अव के गरम कसो गरम भयो । नेपालगञ्ज लैजान पैसा छैन । लैजाम पैसा छैन नलैजाम श्रीमती र बच्चालाई केहि होला भन्ने डर भयो यम वहादुरलाई । पैसाको अभावले यम वहादुरलेको घोराही राप्ती विज्ञान प्रतिष्ठानमा लैजाने निधो गरे । एम्बुलेन्समा लैजाने पैसा नभएर सार्वजनिक बसमा चढाएर सुत्केरी व्यथा लागेकी श्रीमतीलाई लैजान बाध्य भए ।
राप्ती विज्ञान प्रतिष्ठानमा सुत्केरी व्यथाले आलसतालस भएकी श्रीमतीलाई आफन्तिको जिम्मा लगाएर यम वहादुर पैसाको जोहो गर्न गाउँ आए । गाउँमा आएर ऋण सापटी गरी उनी अस्पताल गए । मंसिर २३ गते बेलुका ५ बजे कौशिलाले अप्रेसन मार्फत छोरीलाई संसार देखाइन् । सुत्केरीको अवस्था सामान्य छ भनेर कौशिलालाई वार्डमा सारियो । ३,४ पटक छोरीलाई दुध पनि चुसाइन । मंसिर २४ गते विहान ५बजे तिर कौशिलाले एक्कासी पेट दुख्यो भनिन् । डाक्टरलाई बोलाएर देखाउदा आइसियु राख्ने सल्लाह दिए । कौशिलालाई आईसियुमा राखियो । आईसियुमा राखेको केहि समय पछि डाक्टरले कौशिलालाई मृत घोषणा गरे । कौशिलाले छोरीलाई संसार देखाएर आफू संसार छोडेर गइन्
