गत जेठ २५ मा अपहरण गरी हत्या गरिएकी कैलालीको लम्कीचुहा नगरपालिका ४ की ३३ वर्षीया मञ्जु रावलका दुई सन्तान बिचल्लीमा परेका छन्। आमाको हत्यापछि यी दुई दाजुबहिनी बिचल्लीमा परेका हुन्।
तीन वर्षअघि पति जनकबहादुर रावलको जन्डिसका कारण मुत्यु भएपछि मञ्जुले दुई सन्तालाई पालनपोषण र शिक्षा दिँदै आएकी थिइन्। दैलेखको आठबिस नगरपालिका– ३ बाट बसाइँ सरेर मञ्जुका माइती सुर्खेत पञ्चपुरी नगरपालिका ४ मा गएका थिए।
१६ वर्षअगाडि मञ्जुको कैलाली लम्कीचुहा नगरपालिका– ४ का जनक रावलसँग विवाह भएको थियो। २०८० जेठ २५ मा ३३ वर्षकी मञ्जुको कैलालीको मोहोन्याल गाउँपालिका– ५ बाँसघारी सामुदायिक वन सेतीखोलाको खोचमा जबर्जस्ती करणी गरी हत्या गरिएकी थियो।
बाबुको मुत्यु र आमाको हत्या भएपछि यी दुई दाजुबहिनी बिचल्ली परेका छन्। १५ वर्षका छोरा विवेक र ९ वर्षीया छोरी विद्याको पठनपाठन र जीवनयापन अनिश्चित बनेको छ । उनीहरू अहिले आफन्तका घरमा बसेर किरिया बारिरहेका छन्। उनीहरूको पठनपाठका लागि सहयोगको अपिल गरिएको छ। आमाको हत्या आरोपमा दुईजनालाई थुनामा राखिएको स्थानीयले बताएका छन्।

Tags:
news