कर्णाली पुलमाथि लाइटर बोकेको ट्रकमा आगलागी

 कर्णाली पुलमाथि लाइटर बोकेको ट्रकमा आगलागी भएको छ। वीरगंजबाट धनगढीतर्फ जाँदै गरेको ना ५ ख ५२९७ नम्बरको लाइटर बोकेको चल्ती ट्रकमा आफैं आगो लागेको बर्दिया जिल्ला प्रहरी प्रमुख एसपी प्रबिण धितालले बताए। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुशलसिंह ठकुरीका अनुसार अपराह्न साढे ४ बजेतिर ट्रकमा एकाएक पछाडिबाट आगो सल्किएको थियो।



Post a Comment

Previous Post Next Post