निर्मला पन्तकै शैलीमा सालिनको हत्या, प्रमाण नष्ट गरेको परिवारको आरोप (भिडियाे)

 चितवनको छात्रावासमा मृत्यु भएकी सालिन पोख्रेलको पोष्टमार्टम रिपोर्टले बलात्कार नभएको देखाएको छ।



पोख्रेलको शवको पोष्टमार्टम काठमाडौँको टिचिङ अस्पताल गरिएको थियो। प्रहरी श्रोतका अनुसार पोष्टमार्टममा उनको बलात्कार नभएको पाइएको हो।

गत शनिबार बिहान रत्ननगर नगरपालिका–१५ माधवपुर मामाघरमा बसी एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने १४ वर्षीया सालिन पोख्रेलको मृत्यु भएको थियो।

बालिका होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।


Post a Comment

Previous Post Next Post