इटहरी : ईटहरी मुख्य चोकमा भएको सवारी दुर्घटनामा परि स्कुटरमा सवार एकै परिवारका आमाछोरीको मृत्यु भएको छ ।
३९ बर्षिय आमा सरिता चौधरी र २० बर्षिय अंशु चौधरीको मृत्यु भएको हो ।
पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको ना १ क ९१०७ नम्बरको टिपरले बिपरित दिशाबाट आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाईते भएकी सरिताको धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्याउनासाथ मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरी डिएसपी माधब काफ्लेले जानकारी दिए ।
