स्कटल्याण्डमा आगलागीमा परेर नेपाली दिदीबहिनीको मृत्यु

 लन्डन स्कटल्याण्डको एबर्डीनमा आगलागीमा परेर नेपाली दिदीबहिनीको मृत्यु भएको छ।



एबर्डिनकोमा बस्दै आएका २८ वर्षिय आँचल सुवेदी र २४ वर्षीय शिक्षा सुवेदीको सोमबार साँझ भएको आगलागीमा परी मृत्‍यु भएको हो। 

उनीहरू घरको दोस्रो तलाको बस्दै आएका थिए। सोही घरको पहिलो तलामा साँझ ६ बजे आगलागी सुरू भएको थियो। आगलागी हुँदा घरबाट बाहिरिन खोज्दा धुँवाको मुस्लोमा निसास्सिएर मृत्यु भएको बताइएको छ।

आगलागी कसरी सुरू भएको भन्नेबारे स्पष्ट खुलेको छैन। घटना शंकास्पद नदेखिएको प्रहरीले जनाएको छ।


Post a Comment

Previous Post Next Post