पारीवारीक झगडाका कारण कार भित्रै आफुलाई आ,गो लगाएर आ,त्मदा ह

 सामाजिक सञ्जाल फेसबुकमा भावुक सन्देश लेखेर सोमबार सबेरैदेखि बेपत्ता चर्चित रक्तदाता अर्जुन मैनाली मृत अवस्थामा भेटिएका छन्। आफ्नो जीवनकालमा २०६ पटकमा १०२ लिटर रक्तदान गरेर विश्वभर चर्चा कमाएका उनले पारिवारिक तनावका कारण आत्मदाह गर्न पुगेका हुन्।



अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव बन्द अवस्थामा रहेको एउटा भाडाको कारभित्र जलेको अवस्थामा भेटिएको त्यहाँस्थित एकजना प्रवासी नेपाली पुरुषोत्तम ढकालले जानकारी दिएका छन्।

‘दुखेको मन र मन जोड्ने र हारेको मान्छेलाई जिन्दगी जिउन र जित्न अभिप्रेरित गर्ने रक्तदाता अर्जुनप्रसाद मैनाली भाडामा लिएको गाडी बन्द गरेर जलेर मरेको अवस्थामा नर्थ क्यारोलिनाको क्वेष्ट पार्कमा मृत फेला परेको खबरले स्तब्ध छु’, ढकालले सोमबार सामाजिक सञ्जालमा भनेका छन्। ढकालका अनुसार प्रहरीले मैनालीको शव गाडीभित्र पूरै जलेको अवस्थामा फेला पारेको हो। घरमा पारिवारिक तनाव भएपछि उनी सोमबार भाडाको कार लिएर उक्त पार्कमा पुगेका थिए।

भाडामा लिएको उक्त कार पनि जलेको छ। प्रहरीले कार बन्द गरेर मैनालीले आफ्नो शरीरमा आगो लगाएको प्रारम्भिक अनुमान गरेको छ। फेसबुकमा भावुक सन्देश लेखेर बेपत्ता भए चर्चित रक्तदाता मैनाली

मैनालीको शव नर्थ क्यारोलिनास्थित प्रहरीको टोलीले पोस्टमार्टमका लागि लगेको छ। मैनालीको निधन भएको पुष्टिसहितको पत्र प्रहरीले परिवारलाई बुझाइसकेको छ।


Post a Comment

Previous Post Next Post